आज २०८० साल पाैष २५ गते बुधबारको राशीफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ । आँटेको काम पूर्ण हुनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आम्दानीका स्रोतहरू बढ्नाले मन प्रसन्न रहला । प्रेम सम्बन्धमा विश्वासको मात्रा बढ्नेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) शारीरिक दुर्बलता बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । बोलीको प्रभाव बढ्नुका साथै मान सम्मान समेत पाइनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला, होसियार रहनु होला । स्वास्थ्यमा बाधा उत्पन्न होला, नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ । जागिरमा पदोन्नतिको योग छ । अध्ययन अध्यापन फलदायी रहनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) सन्तानको सहयोग मिल्नेछ । यात्रामा मन रमाउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । घर घडेरीको व्यापार व्यवसायमा लाभ मिल्ला । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ, धन लाभ होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )व्यापार व्यवसायमा उन्नति हुनेछ । काममा जस पाउने सम्भावना छ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखन कार्यमा मन लाग्नेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । पढाइ लेखाइमा रुची बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । आफन्तको भरणपोषणका निम्ति खर्च वृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ, सफलता पनि मिल्नेछ । दीर्घकालीन नबनेका काम बन्नेछ । आयआर्जन र विद्यामा बुद्धि हु्नेछ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) ब्यापार पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनको पक्षमा पनि राम्रा प्रगति हुने देखिन्छ । मान सम्मान पद प्रतिष्ठा मिल्नेछ । व्यापार व्यवसाय कार्य सहज रहनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापार व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने मौका छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) दैनिक कार्यमा केही समस्याहरू देखिएलान्, सावधान रहनु होला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथी भाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार