हल्दिवारी , २४ पौष ।हल्दीबारी गाउँपालिकाले सबैभन्दा प्रथम बालमैत्री घोषणा गर्ने वडालाई १० लाख दिने घोषणा गरेकोे छ्।

हल्दीबारी गाउँपालिकाको आज बसेको पहिलो बालमैत्री स्थानीय शासनको गाउँपालिका स्तरीय बैठकमा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले गाउँपालिकाको सिलिङ बजेट बाट पहिलो बालमैत्री घोषणा गर्ने वडालाई १० लाख दिने घोषणा गर्नु भएको हो ।

आज मंगलवार २४ गते बसेको बालमैत्री स्थानीय शासन समितीको बैठकमा पालिका अध्यक्ष लिङ्देनको अध्यक्षतामा बसेको बैठकमा १० लाख दिने घोषणा गरेको बाल सञ्जाल हल्दिवारीका अध्यक्ष पवन गिरीले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार