हल्दिबारी, २५ पौष । हल्दीबारी गाउँपालिका वडा नं. २ ले हल्दिबारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

विद्यालयका प्रधानाध्यपक टंक बहादुर पाख्रीनको अध्यक्षता एवं वडा अध्यक्ष शुकलाल राजवंशीको प्रमुख आतिथ्यितामा १ कक्षा देखी ५ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुलाई कपि, बलपेन र पेन्सील १ बर्ष सम्म पुग्ने गरि वितरण गरिएको छ । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु विष्णु राई, गणेश मगर, अम्विका तोलाङ्गी, वडा कार्यालय कर्मचारी गितादेवी घिमिरे लगायतको सहभागिता रहेको थियो।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि शुकलाल राजवंशी, वडा सदस्य विष्णु राई, विद्यालयका प्र.अ. टंक पाख्रिनले मन्तव्य राख्नु भएको थियो । हल्दिबारी २ ले आफ्ना वडामा रहेका ५ ओटा सामुदायिक विद्यालयहरुमा अध्ययनरत ५ सय ५१ विद्यार्थीहरुलाई वडाको ०८०÷०८१ को विनियोजित ३ लाखको बजेटबाट हल्दिबारी मा.वि., सरस्वती आ.वि., नवसृजना प्रा.वि., जनता प्रा.वि., राष्ट्रिय एकता प्रा.वि.मा अध्ययनरत विद्यार्थीहरुलाई एक बर्षलाई पुग्ने गरि कपी, डटपेन र पेन्सील वितरण गर्न गरिएको वडा अध्यक्ष राजवंशीले बताउनु भएको छ ।

सोही अवसरमा वाल कक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि भुइमा ओछ्याउने चकटी समेत विद्यालयका प्र.अ. लाई हस्तान्तरण गरिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
5
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार