हल्दिवारी । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला शान्ति प्रक्रियाका अधुरा काम पूरा गरेर संविधानको पूर्ण कार्यान्वयनका लागि राष्ट्रियसभा अध्यक्ष बन्नलाई उम्मेदवारी दिएको बताएका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा बिहीबार सम्पन्न गठबन्धन दलहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले उहाँ राष्ट्रियसभामा सदस्य बन्नका लागि मात्र उम्मेदवारी नदिएको प्रस्टाएका छन् ।

शर्माले शान्ति प्रक्रियाका अधुरा काम पूरा गरेर संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धनका साझा उम्मेद्वारहरुलाई मतदान गर्न सबै मतदाताहरूलाई आह्वान समेत गरेका छन् । कोशीबाट गठबन्धनका उम्मेदवार काँग्रेस नेता सिटौलाले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान मस्यौदा समितिको संयोजक भएर संविधान निर्माण गर्न अत्यन्तै महत्त्वपूर्ण कार्य गर्नुभएको चर्चा गर्दै शर्माले भने, ‘संविधानको पूर्ण कार्यान्वयनका लागि राष्ट्रियसभामा उहाँको आवश्यकता छ ।’

उम्मेदवार चयनका सवालमा केन्द्रीय समितिमा व्यापक छलफल र बहस भएको प्रसङ्ग उल्लेख गर्दै शर्माले पार्टीले उम्मेदवार निर्णय गरिसकेपछि काँग्रेसभित्र कुनै प्रकारको फरक मत र द्विविधा नरहेको स्पष्ट पारे । त्यस्तै राष्ट्रियसभा सदस्य पदका उम्मेदवार सिटौलाले काँग्रेस पार्टी र सिङ्गो गठबन्धन दलले नै संविधानको पूर्ण कार्यान्वयनका लागि आफूलाई उम्मेदवार प्रस्ताव गरेको हुँदा संविधानको रक्षाका लागि गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह गरे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार