हल्दीवारी गाउँपालिकाले रास्ट्रिय भाक्का दिवसको उपलक्ष्यमा यहि पौष २९ गते स्थानिय सार्वजनिक विदा दिएको छ ।

उक्त दिन हल्दीवारी गाउँपालिक भित्रका सम्पुर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरु लगायतका सरकारी कार्यालयहरु विदा दिने छुट्टाछुट्टै सूचनामा जनाइएको छ ।

 

विशेष गरेर राजवंशी समुदायले मनाउँदै अएको भक्का दिवस पौष २९ गते झापा, मोरङ्ग र सुनसरीका विभिन्न ठाउँमा भव्यताका साथ मानाउने गरेको पाईन्छ ।

रास्ट्रिय भाक्का दिवसमा सार्वजनिक बिदा माग्दै राजबन्सी जाति उत्थान मञ्चले हल्दीवारी गाउँपालिकामा निवेदन समेत दिएपछि पालिकाले २९ गते एकदिन स्थानीय बिदा दिने निर्णय गरेको छ । त्यसैगरी यश अगाडि नै कचनकवल गाउँपालिकाले समेत स्थानीय बिदा दिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
1
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार