मलेसियामा एउटै कम्पनीमा काम गर्ने झापाका धनबहादुर प्रधानको हत्या गरेको आरोपमा पक्राउ परेका २४ वर्षीय अनिल शाहलाई कारागार चलान गरेको छ ।

झापा शिवसताक्षी नगरपालिकाका श्रेष्ठलाई हत्या गरि उनी नेपाल फर्किएका थिए । उनलाई मंसिर ३० गते त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो प्रहरीका अनुसार मृतक र शाह मलेसियाको हर्ताज भन्ने कम्पनीमा क्लिनरका रूपमा काम गर्दै आएका थिए ।

श्रेष्ठको हत्या पछि कम्पनीमै पासपोर्ट छाडेर भागेका शाह मलेसियास्थित नेपाली दूतावासमा पुगेका थिए । नेपाली दूतावासले नेपाल फर्कने डकुमेन्ट तयार गरिदिएपछि उनी मंसिर ३० गते त्रिभुवन विमानस्थल ओर्लिएका थिए । अदालतको आदेश अनुसार उनलाई आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार