झापा प्रहरीले बहुविवाह मुद्दामा फैसला भई फरार रहेकी झापा हल्दिबारीकी संगीता बानियाँ भन्ने संगीता पुरीलाई कारागार चलान गरेको छ ।

सम्मानित झापा जिल्ला अदालतले हल्दिबारी गाउँपालपका वढा नं २ घर भई हाल भद्रपुर नगरपालिका वडा नं.७ बस्ने २६ वर्षीय संगीतालाई गत जेठ ४ गते बहुविवाह मुद्दामा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर, उनी फरार रहेकी थिइन् । संगीतालाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले आज पक्राउ गरको थियो ।

उनलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएर अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
3
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार