आज २०८० साल पाैष २९ गते आईतबार, तपाईको राशिफल ।

मेष (चु चे चो ला लि लु ले लो अ) आज परिवारसम्बन्धी जमघट हुनेछ । आफ्नो बुद्धिले कठिन काम पनि पूरा हुनेछ । यात्रा आरामदायी हुनेछ । परिवारमा भने मतभेद होला ।

वृष (इ उ ए ओ बा बि बु बे बो) आज तपाईको शत्रुले दुःख दिनेछन् । धन खर्च हुनेछ । लिनदिनमा सतर्कता अपनाउनुहोला । यात्रा भने केही कष्टकर होला ।

मिथुन (का कि कु घ ङ छ के को ह) सन्ततिको खुसीले आनन्दित बनाउने छ । धनप्राप्तिको योग रहेको छ । आयआर्जन राम्रो होला । शारीरिक थकान भने हुनेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो) तपाईको आज किनमेलमा समय जानेछ । आमाबुबाको सुझाव उपयोगी सिद्ध हुनेछ । मित्रसँगको भेटघाटले मनोरञ्जनका साथ दिन बित्नेछ ।

सिंह (मा मि मु मे मो टा टि टु) बन्धुवर्गले तनाव देलान् । आज खर्चिलो दिन होला । बसेको स्थान छोड्नु पर्नेछ । पराक्रम भने बढ्नेछ ।

कन्या (टो प पि पु ष ण ठ पो) आज तपाईँको खुसी र रमाइलोसँग दिन बित्नेछ । धनसम्पत्ति लाभ हुने देखिन्छ । अचानक सुखद यात्राले दिन अविस्मरणीय हुनेछ ।

तुला (र रि रु रे रो ता ति तु ते) आजको दिन शरीरमा स्फुर्ती काममा जाँगर आउँनेछ । सुखद् अनि परिवारिक यात्रा हुनेछ । धनागमनको योग रहेको छ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु) आजको संघर्षमय रहनेछ । शत्रुहरु जुर्मुराउनेछन् । सोचेभन्दा बढी खर्च हुने देखिन्छ ।

धनु (ये यो भा भि भु ध फा ढा भे) आजको दिन तपाईँको लाभमय रहेको छ । कसैसँग उठ्न बाँकी रकम आउनसक्छ । अरुलाइँ तर्कले परास्त गर्न सकिनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि) आज रमाइलो यात्रा तय होला । आत्मविश्वासका साथ काम गरिनेछ । नयाँ जोश र जाँगर रहनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा) आज भाग्योदयको दिन रहनेछ । गरेको कामबाट अपेक्षित सफलता पाइनेछ । धर्मतिर मन जानेछ । मान सम्मान पाइएला ।

मीन (दि दु थ झ ञ दे दो चा ची) शारीरिक दुःख हुनेछ । चोटपटकको समभावना पनि देखिन्छ । आयभन्दा व्यय नै बढी रहेको छ । तपाईँको मनमा अनावश्यक कुरा खेल्नेछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार