(फाईल तस्विर) झापाको गौरादहमा परालको कुन्यू लगाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । गौरादह नगरपालिका-४ डोरामारी बस्ने ६३ वर्षीय कर्णबहादुर बस्नेतको  लडेर मृत्यु भएको हो ।

शनिबार दिउँसो साढे ३ बजे आफ्नै घरको पराल कुन्यू लगाउने क्रममा लडेर घाइते भएका बस्नेतलाई उपचारका लागि लाइफलाइन अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ४ :२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको जनाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार