हल्दीवारी, १ माघ । हल्दिवारी गाउँपालिकामा लिमे डोल मोई बौद्ध बिहारको आयोजनामा मकर सङ्क्रान्ती पर्व भव्यताका साथ मनाईएको छ ।

बिहारका अध्यक्ष लालबहादुर मगर ( कमल)को अध्यक्षता एवं गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनको प्रमुख आतिथ्यतामा मगरहरुको महान चाड मकर सङ्क्रान्ती तथा नयाँ बर्ष ५०१७ ( मिनामल्हेस )लाई शुभकामना आदानप्रदान गरि मनाईएको छ ।

हल्दिवारी -५ त्रिबेणि चोक नजिकै भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन ,उपाध्यक्ष लक्ष्मी देवी मैनाली ,वडा अध्यक्षहरु खड्ग बहादुर लावती ,देवि बहादुर थापा ,शुकलाल राजवन्सी ,मगर सघ हल्दिवारीका अध्यक्ष अर्जुन कुमार राना मगर , किराँत यात्थुङ चुम्लुङ्ग वडा नम्बर ५ अध्यक्ष कैदि मावो लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य भिम पुलामी मगरले गरेको कार्यक्रमको सहजीकरण सेरु मगरको रहेको थियोे । शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुलाई तरुल ,सेलरोटी ,अचार तथा खानपिनको व्यवस्था समेत आयोजकले गरेका थिए । हल्दिवारीमा १ सय घरधुरी मगरहरुको बसोबास रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
3
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार