हल्दिवारी , ३ माघ । सनातन धर्मसेवा समिति किरातेस्वर शिव मन्दिर एवं किरातेस्वर गुरुकुलम हल्दिवारी -४ मा आजबाट शुरुभएको गरुड़ पुराणको अवसरमा विपन्न परिवारलाई कम्बल बितरण गरिएको छ ।

लेडि लाइन्स क्लब बिर्तामोड र हल्दिवारी ४ का पुर्व वडा अध्यक्ष नेपाली काङ्ग्रेस हल्दिवारीका नेता होम प्रसाद चुडालको सौजन्यमा ४० जना विपन्नलाई कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन ,उपाध्यक्ष लक्ष्मी देवी मैनाली ,लेडि लाइन्स क्लब बिर्तामोडकि अध्यक्ष निरु उप्रेती ओली ,नेका हल्दिवारी अध्यक्ष गङ्गा प्रसाई लगायतले उनिहरुलाई कम्बल वितरण गर्नु भएको थियो ।

जाडो बडेसगै विपन्न परिवारलाई लक्ष्यित गरि कम्बल सहयोग गरिएको लेडि लाइन्स क्लब बिर्तामोडसगको समन्वयमा गरिएको होम प्रसाद चुडालले बताउनुभयो ।

पुराण आयोजक समितिका अध्यक्ष बलराम गिरिको अध्यक्षता एवं हल्दीवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २६ औं बार्षिक उत्सव एवं १७ औं गरुड़ पुराण आजबाट शुरु भएको छ ।

उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि लिङ्देन ,गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवि मैनाली , काङ्ग्रेस सभापति गङ्गा प्रसाद प्रसाईं , समाजसेवी नितेस शाह लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा पुराण आयोजना गर्नु हो उदेश्य तथा स्वागत पण्डित सोमनाथ सुबेदीले ले गर्नु भएको कार्यक्रमको संचालन देवि अधिकारीको रहेको थियोे ।

गुरुकुल संचालन गर्न पुराणको आयोजना गरिएको छ भने पुराणमा भारत दार्जिलिङका ख्याति प्राप्त कथावाचक
पण्डित दिप किशोर भट्टराई साथै सहबाचकमा हल्दिवारी ४ का युवा पण्डित सुजन सुवेदी रहनु हुने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
4
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार