हल्दिवारी ४ हाजोङ्र बाली खुङ्गी शिवालय मन्दिर ऎनावारी व्यवस्थापन समितिले भारतीय साइकल यात्री राजिब बोरोलाई संमान गरेको छ

हल्दिवारी वडा नम्बर ४ का वडा अध्यक्ष शन्तकुमार थापाको प्रमुख आतिथ्य एवं मन्दिरका अध्यक्ष बिसुलाल मेचेको अध्यक्षतामा भएको कार्यक्रममा उनलाई माला, खादा ,नेपाली टोपी र नेपाली रास्ट्रिय झन्डा ओढाएर संमान गरिएको थियोे ।

भारतको आसाम राज्य अन्तरगत बाक्सा जिल्लाका २६ बर्षिय  राजिव , मेचे समुदायको प्रतिनिधित्व गर्दै ७ महिना अगाडि भारतका १२ राज्य र नेपालको महाकाली पुगेर ,पोखरा ,काठमाडौ हुँदै २७ दिन नेपाल घुमेका ऊनी हिजो बेलुकी हल्दिवारी आईपुगेका थिए ।

आफ्नो समुदायको युवा साइकल यात्राबाट समुदायलाई विश्व सामु चिनाउने कोशिशमा निस्किएकोले उनलाई आज संमान गरिएको कार्यक्रम संचालक सन्तोष मेचेले बताएका छ्न ।

उनको संमान गर्न मन्दिर परिसरमा बुद्ध ,युवा ,बालबालिका समेतको बाक्लो उपस्थित रहेको थियोे । स्वागत तथा संमान कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष सन्तकुमार थापा ,कार्यपालिका सदस्य भावना दाहाल ,मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिसुलाल मेचे ,उपाध्यक्ष सेवेन मेचे ,युवा समाजसेवी मुनिलाल मेचेलगायतले उनको आगामी यात्राको शुभकामना व्यक्त गर्दै मन्तव्य राख्नु भएको थियो ।

उनको स्वागतमा मेचे नित्य समेत प्रस्तृत गरिएको थियोे। साइकल यात्राको क्रममा नेपाल भरि नेपालीबाट पाएको माया ,सद्भाव लाई आफुले बिर्सन नसक्ने बताउदै आफुलाई संमान गरिएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद समेत दिएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
4
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार