इलाम । इलामको सुर्योदय नगरपालिका – १३ लक्ष्मीपुरमा एकजना माथि छुरा प्रहार गरिएको छ ।

पत्रकार मनिस बस्नेतका अनुसार आफ्नै घरमा बसोबास गर्दै आएका आफन्तलाई स्थानीय तिलक नेम्बाङले छुरा प्रहार गर्दा नातामा भदा पर्ने सन्तोस सेर्मा सिकिस्त घाइते भएका छन् ।

उनको आन्द्रा समेत बाहिर निस्किएपछी उपचारको लागी झापा बिर्तामोडमा रहेको बि एण्ड सी अस्पतालमा उपचार भइ रहेको छ ।

बस्नेतका अनुसार आरोपित नेम्बाङले शेर्मालाई मादक पदार्थ सेवन गरि छुरा प्रहार गरेका थिए । छुरा प्रहार गर्ने नेम्वाङलाई प्रहरीले पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार