हल्दिवारी , ४ माघ ।राधाकृष्ण मन्दिर , स्थानीय शाखा हल्दिवारी -३ डाडा गाउँमा यही पौष २७ बाट लगाइएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान माहायज्ञ आज समापन गरिएको छ ।

हल्दीवारी -३ का वडा अध्यक्ष बिस्णु प्रसाद ओलीको प्रमुख आतिथ्यता तथा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान माहायज्ञ आयोजक समितिका संयोजक चन्द्र प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पुराणका कथा वाचक , आचार्य पण्डित बिस्णु प्रसाद भट्टराई , पण्डित उदय खनाल शात्री , भजन टिम ,एवं समाजका जेष्ठ आमाबुबा लगायतलाई दोसल्ला ओढाएर संमान गरिएको थियोे ।

संमान तथा बिदाई कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष बिस्णु प्रसाद ओली ,आचार्य पण्डित बिस्णु प्रसाद भट्टराई ,
सनातन धर्म सेवा समिति जिल्ला सचिव लक्ष्मी प्रसाद दंगाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

उक्त समापन एवं बिदाई संमान कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य कर्ण भण्डारीले गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण अभिशेख खतिवडाको रहेको थियोे ।

राधाकृष्ण मन्दिर , स्थानीय शाखा हल्दिवारीको आयोजनामा आज पौष २७ बाट सुरु गरिएको माहायज्ञ माघ ४ गते सम्म संचालन भएर आज पुराणलाई सहयोग पुर्याउने महानुभावलाई संमान गर्दै सम्पन्न गरिएको छ ।

पुराण आयोजक समितिका अनुसार विभिन्न दाताहरूबाट १० लाख भेटिदान नगद प्राप्त भएको छ भने केहि दिनमा
आयव्यय सार्वजनिक गर्ने समेत जनाइएको छ । पुराणमा दाताहरूले दिएको दानबाट मन्दिरलाई आवश्यक पर्ने जमिन खरिद गर्ने समेत बताईएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार