खोजी हुँदैछ है गाउँ गाउँमा बालेन,हर्क र हमाल
इच्छा शक्ति क्षमता योजना भएकाहरुले समाल
स्थानीय निकाय भनेको देश विकासको जग हो
ललितपुरका मेयर चिरबाबुको विकासछ कमाल।

खोजे मिन्छन् गाउँ गाउँमा बालेन हर्क मर्जन हमाल
मासु भातमा हैन राम्रालाई मत दिएर भनौं समाल
सहि मान्छेलाई नै मत दिएर भनौं है नेतृत्व समाल
लहैलहैमा मत हालेपछि कहाँ हुन्छ विकास कमाल!

दल भित्र नि यस्ता मान्छेहरुलाई भनौं नेतृत्व समाल
हाम्रै गाउँ गाउँमै छन् चिरबाबु बालेन हर्क र हमाल
हिजो वादका पछि लागेर मत हाल्यौ भन्यौं असक्षमलाई
कहाँ विकास सुशासनमा खोजेर मिल्छ त आज कमाल!?

हिजो टिकट पाउनलाई चाहिन्थ्यो अनिवार्य नै बावाद
चुनाव जित्नलाई झन् अनिवार्य नै चाहिन्थ्यो आशीर्वाद
हेर्नुस् हामी जनताहरु पनि त दोषी नै छौं है उत्तिकै
मत नै हालेनौ हामीले पनि त बिना पैसा र मासु भात!

टिकट पाउनलाई पार्टीमा लामोसमय कामगरेको चाहिने
त्यस्ता सबैसँग योजना विकास सुशासन कहाँ पाइने!?
खोजौ लागौं आफ्नै गाउँतिर छन् खोज्दै नबनौ गाइने
खोजौ अब मिसन स्थानीय निकाय बनाइ जो मान्छे चाहिने।

सोचौं अब त हामीलाई चाहिएको विकास कि मासु भात?
विकास सुशासन चाहिने हो भने हालौ मत नखाइ मासु भात
पैसा र मासु भात खुवाउनेलाई हानौ है लातको लात
अब आफ्नो गाउँको विकास गर्न आफ्नै छ है हात।

राम्रो विचार दृस्ठिकोण योजना भएकालाई दिउ है साथ
अब पैसा मासु भात खुवाउनेलाई नदिउ कसैले साथ
गाउँ ठाउँको विकास गर्ने कि नगर्ने मतदाताकै छ हात
गलत ठाउँमा मत हाले फेरि पछुताइ लगाउ टाउकोमा हात !

राज कुमार कार्की
मे न पा-१५, झापा।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार