भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ । बिहीबार र बुधबार राति भएका हिंसामा तीन सुरक्षाकर्मीसहित सात जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

यसअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । दुई दिनमा कूल सात जनाको ज्यान गएको समाचारमा उल्लेख छ ।

बिहीबार राज्यका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भएका थिए । राज्यमा विगत आठ महिनादेखि जारी हिंसा रोकिने संकेत नदेखिएको समाचारमा उल्लेख छ ।

गत वर्ष मे महिनादेखि मणिपुरमा बहुसंख्यक मेइती समुदाय र आदिवासी कुकी-जो समुदायबीच जातीय हिंसा भइरहेको छ । पछिल्लो आठ महिनामा कम्तीमा २०० जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार