हल्दिबारी,५ माघ । हल्दीवारी गाउँपालिका वडा नम्बर ५ ले आजबाट नवनिर्मित भवनबाट सेवा दिन शुरु गरेको छ ।

हल्दीवारी गाउँपालिकाले करिब ७६ लाखमा खर्चेर तयार गरेको नवनिर्मित वडा कार्यालय भवनको आज झापा क्षेत्र नम्बर ३ का संघीय साम्सद राजेन्द्र प्रसाद लिङ्देनले उद्घाटन गरे पश्चात् वडामा जन्मदर्ता र बिवाहा दर्ता प्रमाणीकरण गर्दै काम सुचारु गरिएको वडा अध्यक्ष खडग लावतीले बताउनुभयो ।

वडा कार्यालय र स्वास्थ्य चौकी भवन बनाउनको लागि दिलकुमार नेम्वाङ , राम प्रसाद दुलाल ( बाह्रदशी गापा ), एकराज मगर सन्तकुमार थापा , डम्बर कुमारी राई , लाखध्वज कन्दवा साथै मुकेक विन्दल र सन्तोषी देवी अग्रवाल ( बिर्तामोड ) ले ६ कठा जमिन निशुल्क उपलब्ध गराउनु भएको थियोे ।

आज उद्घाटन भएर कामकाज सुरु भएको भवन एउटा सभाहल सहित ४ कोठाको रहेको छ । भवन बालमैत्री अपांग मैत्री र जेष्ठ नागरिक मैत्री रहेको छ भने ३ वडा सार्वजनिक सहित सौचालय समेत रहेको वडा सचिव भजन सङौलाले जानकारी दिनु भयो ।

हल्दिवारीका १,२ र ४ नम्बर वडा कार्यालय पुरानै गाविस भवनमा संचालन थिए भने वडा नमूना ३ एक बर्ष अगाडि नै आफ्नो नवनिर्मित भवनमा आफ्नो सेवा दिदै आएको छ। अब हल्दिवारीका सबै वडा तथा गाउँपालिकाको आफ्नै भवनमा रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार