हल्दिवारी , ५ माघ । हल्दीवारी  गाउँपालिका वडा नं ५ को नवनिर्मित  कार्यालय भवनको माननीय राजेन्द्र लिङदेनले  आज विशेष कार्यक्रमको बिच उद्घाटन गर्नु भएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष समेत रहनु भएका लिङ्देनले जनतालाई छिटोछरितो र भस्ट्चार रहित सेवा पर्वाह गरि जनतालाई सेवा दिन जनप्रतिनिधि तथा कर्मचारीलाई  विशेष आग्रह समेत गर्नु भएको थियो ।
नेपालमै हल्दीवारीले बिकास निर्माण , स्वास्थ्य ,शिक्षामा उल्लेखनीय काम गरेको जिकिर गर्दै जनताको काम इमानदारी पुर्वक गर्नु पर्ने समेत लिङ्देनले बताउनु भएको थियोे ।
गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको सभापतित्व एवं   निवर्तमान उपप्रधानमन्त्री तथा राप्रपाका केन्द्रीय अध्यक्षसमेत रहनु भएका  माननीय राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको थियोे ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि ,राजनैतिक दलका प्रतिनिधि ,जग्गा दाता लगायत वडा बासीको उपस्थित रहेको थियोे ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लिङ्देन , गाउँपालिका अध्यक्ष  रवीन्द्र प्रसाद लिङ्देन ,उपाध्यक्ष लक्ष्मी देवी मैनाली  ,वडा नम्बर २ का अध्यक्ष शुकलाल राजवन्सी ,जग्गा दाता दिल कुमार नेम्बाङलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष खड्ग लावतीले स्वागत मन्तव्य राख्नु भएको थियोे भने भवन निर्माण र गाउँपालिकाको सहयोगको बिस्तृत जानकारी प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले प्रष्ट पार्नु भएको थियोे ।
सम्झौता अनुसार समय अवधीमै सम्पन्न भएको वडा कार्यालय भवन ५४ लाख ७० हजार ६ सय ५३ रुपैयाँमा निर्माण भएको थियोे भने वडालाई चाहिने अन्य पुर्वाधार सहित ७६ लाख खर्च भएको पालिकाले जनाएको छ ।
उक्त अवसरमा प्रमुख अतिथि लिङ्देनले जग्गा दाता , पुर्व जनप्रतिनिधिहरु र भवन ठेकेदारलाई समेत दोसल्ला ओढाएर संमान गर्नु भएको थियो । वडा कार्यालय एवं स्वास्थ्य चौकी निर्माणको लागी ६ कठ्ठा जमिन दाताहरूले निशुल्क प्रदान गर्नु भएको थियोे ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार