झापा नाटक घरमा माघ १० गते बाट नाटक रिफण्ड मञ्चन हुने भएकाे छ । प्रसिद्ध हङ्गेरियन लेखक फ्रिज क्यारेन्थि द्वारा लिखित नाटक रिफण्ड क्षितिज नाट्य प्रतिष्ठानकाे नव निर्मित भवन झापा नाटक घरमा मञ्चन गरिने भएकाे छ ।

माेरङ्गकाे विराटनगरमा स्थित नाम्लाे नाट्य समूह,झाेराहाट नाट्य समूह र क्षितिज नाट्य प्रतिष्ठानकाे साझेदारीमा उक्त नाटक मञ्चन हुन लागेकाे क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका अभियान्ता तथा परिकल्पनाकार ,रंङ्गकर्मी माधव कल्पितले जनाएका छन ।

याे नाटक कक्षा ११ काे अनिवार्य अंग्रेजी पठ्यक्रममा समावेश भएकाे कारण नाटक विद्यार्थी ,शिक्षक तथा अभिभावक सवैले हेर्नुपर्ने नाटकका निर्देशक सुदिप जंग कार्कीले बताएका छन । कार्कीका अनुसार नाटक करिव एक घण्टाकाे रहेकाे छ । नाटकमा सुरज माझी,दीक्षा चौधरी ,वन्वाे सन्ताेष , प्रज्वल भट्टराई , प्रदिप दाहल ,विवेक मिश्र र सुदिप जंग कार्कीकाे अभियान रहने निर्माण पक्षले जनाएकाे छ । नाटकमा लाईट सुशील कार्कीले समायोजन गर्ने छन भने म्युजिक सञ्जय मुडियारीकाे रहने नाटक काे लागि शिक्षा सेवि तथा क्षितिज साहित्य प्रतिष्ठान झापाका सचिव ताराप्रकाश भट्टराई काे संयाेजकत्वमा संगीत बिभाग सचिव सुजन शिवाकोटी उपाध्यक्ष र नाट्य बिभाग सदस्य तुलसी मिश्र सचिव रहने गरि काे ३ सदस्यीय नाटक मञ्चन ब्यबस्थापन समित गठन भएको कुरा क्षितिज साहित्य प्रतिष्ठान झापाका अध्यक्ष तुलसी प्रसाद भट्टराईले जानकारी दिएका छन ।

सडकमा १५ रुपैयाँको १ थान इट्टा मागेर विगत ४ बर्ष अघिबाट बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण कार्यमा जुटेको प्रतिष्ठानले हाल सम्ममा २ कराेड ७३ लाख ६० हजार मुल्य बराबरको नाट्य कला मन्दिर निर्माण गरि सकेको र काेशी प्रदेशकै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालय निर्माणका लागि १सय ४५ धुर जमिन जुटाउन सफल भएको तथा उक्त जमिन क्षेत्र भित्र २५ अर्ब लागतको साँस्कृतिक संग्रहालय निर्माण गरिने प्रारम्भिक स्टमेट भइ रहेको कुरा नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कल्पित ले जानकारी दिए । नाटक घरकाे पुर्णताका लागि पहिलो पटक मञ्चन गर्न लागिएको नाटक रिफण्डबाट करिव २० लाख संकलन गर्ने लक्ष्य बाेकेर अघि बढेको प्रतिष्ठानलाइ हल्दिबारी गाउपालिका, बिर्तामोड , अर्जुनधारा, भद्रपुर र कनकाइ नगरपालिकाले अा- अाफ्ना पालिका भित्रका बिद्यार्थी शिक्षक अभिभावकलाई बिद्यार्थीकाे पाठ्यक्रममा नै समाबेश नाटक हेरेर सहयोग पुर्याइ दिनु हुन भन्दै सबै बिद्यालयमा सर्कुलर समेत गरि सकेको कुरा हल्दिबारी गाउँ पालिका अध्यक्ष रविन्द्र लिङ्गदेन ले जानकारी दिएका छन । नाटक बिद्यार्थी संग सम्बन्धित र पाठ्यक्रममा नै रहेको हुदा हामी प्याप्सन बिर्तामोड काे तर्फबाट नगर भित्रका सबै बिद्यार्थी र बिषयगत शिक्षक शिक्षिका लाई समेत नाटक घर सम्म पुर्याएर नाटक देखाउने तयारीमा जुटेका छाै झापा नाटक घर निर्माण ब्यबस्थापन समिति सदस्य समेत रहेका बिर्तामोड प्याव्सन अध्यक्ष उत्तम खनालले जानाएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार