भद्रपुर । भद्रपुर जेसीजको ४९ औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सन् २०२४ का लागि अध्यक्षमा टिकाराम पाण्डे दिपकको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ ।

अध्यक्ष पदमा भएको निर्वाचनमा पाण्डेले ४७ मतका साथ विजयी हुँदा प्रतिष्पर्धी रमेश कार्कीले ३७ मत मात्र पाएका थिए । ८७ मत खसेकोमा ३ मत बदर भएको थियो ।

समितिको कार्यकारी उपाध्यक्षमा अभिषेक प्रधान तथा रविन कार्की सर्वसम्मत भएका छन् भने उपाध्यक्षमा क्रमशः आदित्य दास, सुरज श्रेष्ठ, भुपाल घिमिरे र हेडम्बराज निरौलालाई सर्वसम्मत चयन गरिएको सन् २०२३ का अध्यक्ष युवराज न्यौपानेले जानकारी दिएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार