हल्दिबारी । भारतबाट रुस जाँदै गरेको रुसी विमान अफगानिस्तानमा दुर्घटना भएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो। रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो।

त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै समाचार संस्थाले जनाएका छन। थप विवरण आउन बाँकी रहेको समाचारमा जनाईएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार