कविता “नारी”

के भनु तिमीलाई ??
अबला, सबला,शक्ति,वत्सला,
प्रेयसी वा केवल नारी..??
तिमीलाई बुझ्न मुश्किल छ ,
शायद .कठिन पनि … I

कैयौ रूपमा तिमी छो ,
सारा जीवनमा तिमी नै छो , तिमी बिना सबै अपूर्ण छ ,
तिमी पूर्णताको पर्याय हौ ,
हर पल हर क्षण,
तिमी बिन शून्य- शून्य लाग्छ ,
तिमी धरा हौ अंकुरणको ,
वात्सल्य की पराकाष्ठा हौ ….
तिमी तरूणिका श्रंगार हौ ,
गृहस्थी की कर्णधार हौ ,
घर – बगैचाको आधार हौ ,
सुन्दर पुष्पहरुका पर्याय हौ ,
जीवन की सुखद जीवटता हौ ,
दिन-दानीका अवधार हौ … I

समय चक्रको साथ,
अच्छा -अच्छाको ,
कांध नापेका छो तिमीले ,
कर्मणा,दुर्गा,काली बनी तिमीले ..
मर्यादा र लज्जा पनि ,
घुम्टोबाट निभाएकि छो तिमीले ….

घरको चुल्होदेखि लिएर,
जागीर जीवनको गन्तब्यसम्म ,
हरेक स्थानमा तिमी नै हो,
सबैका साथ छो सर्वदा…..
मानमा – सम्मानमा ,
तिमी सबै हौ , सर्वत्र छो …
जहाँ कहीं पनि जीवन हौ ,
त्यहाँ तिमी छो …तिमी नै हौ हौ ….

 देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार