कचनकवल ( झापा ) । कचनकवल गाउँपालिका वडा नं . २ ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत बाटो बनाउने काम गरेको छ ।

नेपालका प्रत्येक पालिकामा १०० दिनको स्वरोजगार कार्यक्रम चलाई रहेको अवस्थामा कचनकवलमा भने बिकास निर्माण गरिएको वडा अध्यक्ष लेखनाथ खत्रीले बताउनुभयो ।

अध्यक्ष खत्रीका अनुसार चालू आर्थिक बर्ष २०८०/०८१ को स्वरोजगारको २ लाख ९९ हजार ६ सय ३९ रुपैयाँ ४० पैसा बिनियोजन पैसाबाट लतीबारी सोम राजवन्सीको घरदेखी माता मन्दिर हुदै तमु राजवन्सीको घरसम्म बाटो बनाउने काम आजबाट शुरु भएको छ ।

वडा अध्यक्ष खत्रीका अनुसार २ पुरुष र ७ महिलाले उक्त बाटो बनाउने छ्न भने त्यहाको अवस्था हेरी वडाले ग्राभेल गरिदिने कार्यक्रम रहेको छ ।

अघिल्लो बर्षपनी वडा सदस्यहरुको सहकार्यमा ४ वटा बाटो ६ लाखको स्वरोजगारको पैसाबाट बनाएर वडाले ग्राभेल समेत गरिदिएको छ । बिकास निर्माणमा सक्रियरुपमा खटिएका वडा सदस्यहरु धन बहादुर गुरुङ र गणेश भण्डारीले आजदेखी शुरु गरिएको बाटोको उद्घाटन गरेका थिए ।

प्रधानमन्त्री स्वरोजगारको पैसा नेपाल भरी आफ्ना कार्यकर्ता को भर्ती केन्द्र बनाएर दुरुपयोग गरिरहेको अवस्थामा भने कचनकवलले भने जनताको मन जित्ने काम गरेर बिकास निर्माण गरिरहेको देख्न सकिन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार