माघ ७, काठमाडौं । महालक्ष्मी नगरपालिका -७, राधाकृष्ण टोलबिकास संस्थाले क्यान्सर पिडित १० बर्षिया बालिकालाई नगद रु ६५ हजार सहयोग हस्तान्तरण गरेको छ ।

आइतबार महालक्ष्मी नगरपालिका-७, चाङ्गथलीस्थित राधाकृष्ण टोलबिकास संस्थाले एक कार्यक्रमको आयोजना गरि क्यान्सर पीडित बालिकाका बुबा नारायण प्रसाद उपाध्याय तिमिल्सिनालाइ नगद रु ६५ हजार हस्तान्तरण गरेको छ । कार्यक्रममा राधाकृष्ण टोलबिकास संस्थाका अध्यक्ष गोपाल प्रसाद निरौला, समाजसेवी सानुभाइ बस्नेत लगायत राधाकृष्ण टोलबिकास संस्थाका समाजसेवी हरुको उपस्थिति रहेको थियो ।

बुबा नारायण प्रसाद उपाध्याय तिमल्सिनाले पेटको क्यान्सर बाट पिडित १० बर्षिया छोरी ओजस्वी उपाध्याय तिमिल्सिनाको लामो समयदेखि ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराउदै आउनुभएको र आर्थिक अबस्था कमजोर रहेकोले उपचारमा सहयोग पुर्‍याउने उद्धेश्यले राधाकृष्ण टोलबिकास संस्थाद्वारा उक्त रकम हस्तान्तरण गरेको कार्यक्रममा सहभागी स्थानीय समाजसेवि नानिराम बुढाथोकीले जानकारी दिएका छन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार