मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या रायसँग विवाह गरेका अभिनेता अभिषेक बच्चनले आफ्नो वैवाहिक जीवनमा निरन्तर समस्याको सामना गरिरहेका छन् ।

आफ्नी पत्नी ऐश्वर्या बच्चनलाई घर फर्काउन उनी अझै असफल भएका छन् । आफूहरूबिरुद्ध आएका समाचारलाई बेवास्ता गर्दै अभिषेकले अझै पनि पत्नीसँग सम्बन्ध सुधार्ने कोसिस गरिरहेका छन् । तर पनि अभिनेत्री ऐश्वर्या अझै घर फर्कन मानेकी छैनन् । उनलाई छोरीले समेत घर फर्कन अनुरोध गरिरहेकी छन् ।राजधानि दैनिकमा खबर छ ।

आफ्नो व्यक्तिगत जीवन’दयगत चलिरहेको विवादका विषयमा अभिषेक बच्चनले आफ्नो इन्स्टामार्फत प्रस्ट्याउन खोजेका छन् । उनले जीवनमा असफलताहरूबाट सिक्ने अवसर पाएको बताएका छन् । ‘असफलताका डरले तपाईंको सपनाहरू नष्ट गर्नेछ,’ अभिषेकले इन्स्टाग्राममा लेखेका छन्, ‘असफलताबाट सिकेर तपाईंको सपना साकार हुनेछ ।’

आफ्नी नन्द श्वेता बच्चनले हातपात गरेको भन्दै केही महिनाअघि घर छाडेर माइत बसेकी ऐश्वर्या त्यसपछिबाट बच्चन निवास फर्किएकी छैनन् । उनले आफ्नो छुट्टै बैंक खाता खोलेर अन्य व्यवसाय पनि सुरु गरेकी छन् । यी दुईबीच सम्बन्ध विच्छेदको तयारी भइरहेको ’दयगत ऐश्वर्या र अभिषेकले केही पनि बोलेका छैनन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार