झापा। हल्दिबारी गाउँपालिका वडा नं-३ मा रहेको युवाहरुको संजाल ढडुवा युवा कल्व परिवारको आयोजनामा बृहत वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

बार्षिक रुपमा आयोजना गर्ने वनभोज कार्यक्रम यस बर्ष पनि आयोजना गरेर भातृत्व र भाइचाराको सम्बन्ध लाई कायम गर्ने उदेश्यले आयोजकले बृहत् रुपमा आयोजना गरेको कार्यक्रम फलदायी रुपमा सम्पन्न भएको छ ।

झापाको दक्षिणी भेगमा रहेको प्राचीन धार्मिक तथा पर्यटकीय स्थल किच्चकबधमा आयोजना गरेको एक दिवसीय बृहत वनभोज कार्यक्रममा ४ सय बढीको सहभागी रहेको आयोजकले जानकारी दिएको छन।

वनभोज कार्यक्रममा हल्दिबारी गाउँपालिका पुर्व उपाध्यक्ष डम्बर बहादुर गिरी, हल्दिबारी वडा नं-३ का वडा अध्यक्ष बिष्णु ओली, वडा सदस्यद्व्य अजित कुमार बिष्ट , र कर्ण भण्डारी , सामाजिक व्यक्तित्वहरु अभिषेक खतिवडा ,बलराम गिरी , शैलेन्द्र सिटौला , हल्दिबारी उधोग बाणिज्य संघका महासचिव कृष्ण प्रसाद प्रसाईं ,हल्दिबारी उधोग बाणिज्य संघका सदस्य महेस मेचे, हल्दिबारीका शिक्षकहरु राम दाहाल, तुलसी कोइराला, भिम तिम्सिना, नरेश बराल ,प्रेस कल्व हल्दिबारीका अध्यक्ष नेत्र बिक्रम बिमली,हल्दिबारी बाल संजालका अध्यक्ष पवन गिरी, भद्रपुरका सामाजिक व्यक्तित्व डिल्लीराम पोखरेल, बासु वन लगायत विभिन्न संघ सस्था र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

वनभोज कार्यक्रममा उपस्थिति सम्पुर्णमा आयोजना कार्यमा सक्रिय रुपमा लागेका युवाहरुले धन्यवाद तथा आभार समेत प्रकट गरेको बुझिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार