हल्दिवारी ।नेपाल कि चर्चित गायिका रचना रिमाल सवार गाडी बाँकेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
उनी दाङको लमही महोत्सवमा नेपालगन्जबाट जाँदै गर्दा बाँकेको सिक्टानजिकै बा प्र ०३.०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको बताइएको छ ।
उनी सवार गाडी अपरान्ह ४ :४५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ट्रकले ठक्कर दिएको थियो। गाडी दुर्घटनामा परेपनी उनी सकुशल रहेकी छ्न भने केहिलाई सामान्य चोटपटक लागेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
1
+1
2
+1
2
+1
1