आज २०८० साल माघ १५ गते साेमबारको राशीफल ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । आजको दिन गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अनुकूलता र आरोग्यता बढ्नेछ । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । नाम, दाम र इनाम हातपार्ने समय छ । स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्यापारमा लाभ हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । स्वास्थ्यमा भने केही कमजोरी अनुभूति होला । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने योग पनि छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको अवसर प्राप्त हुन सक्छ, तर काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु हितकर हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ भने रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । इर्ष्यालुजनबाट सतर्क रहनुहोला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ कामको प्रस्ताव आउने तथा दिगो आम्दानी हुने काम सुरु गर्ने मौका मिल्ला । धन आर्जनको योग छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । तर, सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्ने समय छ । छर–छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । अरूका काममा समय खर्चनुपर्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ग्र्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । महत्वपूर्ण योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ भने अरूको भरपर्दा धोका मिल्ने योग छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ भने मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्ने समय भएकोले सावधान रहनुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा फाइदा हुनेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागका कार्य तथा प्रेमजीवनमा सफलता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सवारीसाधनको प्रयोगमा विशेष सावधान रहनु हितकर हुनेछ । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रशंसकहरू बढ्नेछन् । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ, तर फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, सावधान रहनुहोला ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार