लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवं मोन्लाम पूजा सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छोक एवं प्राणीधान मोन्लाम पूजा आयोजना गरिएको हो ।

पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगत्को भलाइका लागि प्राथना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा ९खेन्पो छिमे० ले बताए । उनले लुम्बिनीमा धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिपोन्छे, लामा गुरु, भिक्षु र आनीको उपस्थितिमा भूम्छोक र मोन्लाम गरिएको बताए ।

महागुरु बुमटस्क फर वर्ल्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा उपाध्यक्ष लामासहित प्रथम खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छेलगायत सहभागी भएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार