तन्त्रको चक्रब्यूहमा
फस्यो जनता
लय र तन्मयताले
गीत गाइरहेछ
गणतन्त्रको जय-जयकार
जोर शोरले लगाइ रहेछन ।

जाति -पाती धर्मको
भेदभाव संवैधानिक
अपराध हो
तर विविध सुविधा र
आरक्षण पाउनु पनि
संविधान सम्मत मौलिक
नागरिक अधिकार हो ।

गुलामी गर्नु पनि
जंगल पहाड़ नदी नाला
खेत बारीबाट
बचित गर्न सक्दैन कहिलै पनि
नागरिककोl अधिकार
तर देखिएन स्वतन्त्रता
खोसी दियो
ग्रामीण जनताको अधिकार
फेरी पनि
आफुलाई खुशी राख्नु छ
स्वतन्त्रता र गणतन्त्रको
जय -जयकार
तन्मयताले लगाउनु छ
नत्र तत्काल देशद्रोहीको
मोहर लगाई दिने छन ।

चाहे जस्तो पनि अबस्था होस
हुने गर्छ आफ्नो अधिकार माथि
कब्जा र बलात्कार
तर कुरा अधिकारको गर्नु
संवैधानिक अपराध हो
दुःख मान वा सुख
गर्नु छ संविधानको
निश्चित सम्मान हो ……।
-देवेन्द्र किशोर ढुङगाना
भद्रपुर {झापा }

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार