हल्दिबारी, १६ माघ । हल्दिबारी गाउँपालिकामा रहेका दुई ओटा सहकारी संस्था आज राती चोरी भएको छ ।

हल्दिबारी २ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्था र हल्दिबारी ४ मा रहेको साना किसान सहकारी संस्थाको भल्ट फोरेर नगत चोरी भएको प्रहरीले जनाएको छ । १ बर्ष अगाडी पनि एकता बहुउद्देश्यीय सहकारी संस्थाको भल्ट फोरी नगद ११ लाख भन्दा बढी चोरी भएको र ११ महिना पछि एक जनालाई चोरीको आरोपमा पक्राउ गरी हाल धरौटीमा रिहा गरिएको छ ।

एकताबाट हाल ४ लाख भन्दा बढी चोरि भएको हुन सक्ने संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले जानकारी दिए । संस्थाको उत्तर पश्चिम तिरको झ्याल फुटाई भित्र पसि भल्टमा रहेको नगद र सिसि क्यामेराको डिभिआर समेत चोरले लगेको बताइएको छ । त्यस्तै साना किसान सहकारीबाट भल्टमा रहेको १ लाख २५ हजार र दुध संकलनको २६ हजार साथै डिभिआर समेत चोरी भएको स्थानिय प्रहरीले जनाएको छ । एकै दिन दुवै सहकारी फोरेर नगद तथा डिभिआर समेत चोरी हुनलाइ पेसेबर चोरको समुह हुन सक्ने स्थानियहरु बताउँछन् ।

यो समचार तयार पारिन्जेल सम्म साना किसानमा जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोलीले अनुसन्धन गरिरहेको छ भने १ बजे पछि मात्र एकतामा प्रहरीको अनुसन्धान टोली आई पुग्ने बताइएको छ । पटक पटक हल्दिबारीमा दिनदिनै चोरीका घटना बढि रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापालाई कुकुर सहितको टोली मार्फत अनुसन्धान अघि बढाई दिन अनुरोध गरिएको नेपाली काँग्रेस हल्दिबारीका सभापति गंगा प्रसाद प्रसाईले बताउनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
2
+1
0
+1
6
+1
4

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार