मैले भने –म प्रेममा छु
उसले भनिन — —-सोच
मैले भने — सोचेको छु
उसले भनिन —- फेरी पनि सोच
किन ?????उसले किन प्रति जोड दिइन
आखिर किन ????
अब तिमीलाई के सम्झाउ ???
फेरी पनि ……..!!!
म मन मनै मुसु -मुसु हाँसेर उठे ।
तिम्रो हहाँसो अति -अति सुंदर छ
हो र !!!!!!
ज़ब हॉस्दछो तब यस्तो
लाग्दछ कि ..
मन्दिरमा शंख- घण्ट बजिरहेछ
म केही क्षण गाम्भीर्य भए —–
जान्दछो
प्रेम- व्रेम केही पनि हुँदैन
यो त बश दुई जुड़वा शरीरको उपज हो
यो बितेका समयको कुरा हो ….
वास्तविकता संग यसको
दूर -दूरसम्म कुनै सम्बन्ध छैन ;
समय र आवश्यकताको मार यस्तो हुन्छ
कि यसको आँधी – बेरीमा ;
प्रेम अधिल्तिरकोढोकाबाट
आँउछ र…….
झ्यालको बाटोबाट निस्केर जाँन्छ
सारा का सारा प्रेम ज्यूँ का त्यूँ
खड़ा का खड़ा रहने छ ।
उ मौन थिए ,अतीतको पन्ना पल्टियो
उ कहाँ यसबाट अलग थियो
उसले पनि त दुनिया दारी नै निभाएको थियो
याद रहेन प्रेम वचन ….
थाह छैन कहाँ गयो ,
ती सारा कसम…..
धान कमाउने होड़ थियो
केवल भोक थियो
जीवन रस्सा कस्सीमा थियो
उसलाई धेरै बेर पछि
प्रेमिल याद आई रहयो ।
– देवेन्द्र किशोर ढुङगाना
बिर्तामोड़, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार