भद्रपुर । भद्रपुरमा फेरि चोरी भएको छ । भद्रपुर नगरपालिका १ सोमबारे स्थित साना किसान सहकारी संस्थामा चोरी गए राति चोरी भएको हो ।

कार्यालयको झ्यालको पल्ला र ग्रिल फोडेर चोर भित्र प्रवेश गरी लकर समेत फोडेर लकर भित्री रहेको नगद ३ लाख २ हजार ९७६ रुपैयाँ र सिसी क्यामेराको हार्ड डिस्क चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना भएपछि  इलाका प्रहरी कार्यालय पृथ्वीनगर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेका थिए । घटनाको बारेमा प्रहरी अनुसन्धान गरिरहेको जनाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार