झापा । झापाकाे कनकाई नहरमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- ९ का ५७ वर्षीय रामजी बस्नेत रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनी बिहीबार बिहान साढे ९ बजेको समयमा शिबसताक्षी- ११ नहर चौकस्थित नहरमा डुबेको अवस्था फेला परेकाे थियाे । घटनाको बारेमा जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय झिलझिलेकाे टाेली घटनास्थल पुगि कानुनी प्रक्रिया पूरा गरि शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बस्नेत बुधबार  बिहान नै घरबाट हिडेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार