कविता: “गौशाला छब्बिस ….”

म क्षत बिक्षत भई रहे ..
उसले जोड़दै नै रहे …
हातमा हात राखेर ,
मलाई खोज्दै रहे …
हराएको थिए शब्दहरुमा …
छरिएर गए अक्षरहरुमा …
वाक्य बनाई दियो उसले ,
मलाई तलाश गरी रहे ….
म डूब्दै गए …..
उसले खोजी रहे ….
गहराई नाप्दै ,
छालहरु हेर्दै …..
म धेरै दूरको यात्रामा निस्किए ..
दुर्गम गन्तब्य तिर ….
छायाको तलाश गर्न ,
घामको रापमा निस्केर आए ….
पानी पानी भए रापले …
निस्तेज भए तेजले …
खोज्दै -तलाश गर्दै ,
अस्मिताको रक्षा गर्दै …
भागी रहे समयदेखि …
अझै उसलाई खोज्दै रहे ।

देवेन्द्र किशोर ढुङगाना
झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार