नुवाकोट- रास्ट्रिय फाेटाे पत्रकार समूह, नेपाल नुवाकोट शाखाकाे अध्यक्षमा दिपेस न्याैपाने चयन भएका छन । ककनी गाउपालिकाको रानिपौवामा भएको दोस्रो जिल्ला भेलाले न्याैपानेको नेतृत्वमा कार्यसमिती चयन गरेको हो ।

एनफपिजे नुवाकोटका कार्यवाहक अध्यक्ष हरिराम भेटवालको सभापतित्वमा भएको दोस्रो जिल्ला भेलाको प्रमुख अतिथि ककनी गाउपालिकाका अध्यक्ष सुमन तामाङ, विशेष अतिथि एनफपिजे केन्द्रिय अध्यक्ष प्रदिप राज वन्त, वागमती प्रदेश अध्यक्ष नारायण सिलवाल, वागमती प्रदेश उपाध्यक्ष राजेन्द्र गजुरेल लगायतका फोटो पत्रकारहरुको उपस्थिती रहेको थियोे ।

भेलाले उपाध्यक्षमा हरिराम भेटवाल, सचीवमा संजय मुडभरी, काेषाध्यक्षमा रमित बलामी, सदस्यमा किसोर वलि लाई चयन गरेको छ भने अन्य २ सदस्य कार्यसमितिले चयन गर्ने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार