समय किन रोकिन्छ र
यहाँ कसैको लागि ।
दिलमा चाहना हुनु पर्छ प्रियतमको लागि ।।

नजरेले हेरी रहेछ उनको
चेहरामा उदासी।
कुनै वहाना त चाहियो
यस उदासीका लागि ।।

को छ यहाँ जो दु:खी छैन
समयको मारबाट ।
अलि अलि रमाउनु पर्छ
दिल्लगी जिउनका लागि ।।

प्यार गर्छ जो डराउदैन
यो ज़मानादेखि ।
दिलमा दर्द चाहिन्छ
एक पल मौनताका लागि ।।

किन तड़पिए उसलाई
पाउने चाहनामा म ।
दिलमा उन्माद चाहिन्छ
उसलाई पाउनका लागि ।।

उ मेरो समीप छ
यही महसूस हुन लाग्यो ।
सिर्फ वचन चाहियो उसको
प्रेमिल मिलनका लागि ।।

मेरो सपनाको संसारमा
उ यसरी आउछिन ।
रात पनि छोटो भयो
लुकाछिपिमा रमाउछिन ।।
– देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार