बेइजिङ । चीनमा एक २३ वर्षीय युवकको दाँत निकालेकै कारण मृत्यु भएको छ । यो उमेरमा दाँत निकाल्दा खासै समस्या नहुनु पर्ने हो । तर दाँत झिकेकै कारण एक युवकले आफ्नो ज्यान गुमाएपछि यो घटना देशभरमा चर्चाको विषय बनेको छ ।
वाङ्गको मृत्युपछि उनको परिवारले अस्पतालमाथि मुद्दा हालेको छ । अस्पतालका कर्मचारीको लापरबाहीका कारण वाङ्गको मृत्यु भएको परिवारको दाबी छ । तर आफ्नो डेन्टिष्टले कुनै पनि प्रोटोकल र उपचारसम्बन्धी नियमनहरुको उल्लंघन नगरेको अडानमा अस्पताल गरिरहेको छ ।
वाङ्गको परिवारले १८ लाख युआन क्षतिपूर्ति मागिरहेको छ । अस्पतालले भने ६ लाख युआन मात्रै दिने बताएको छ । अन्तिम संस्कार गर्यो भने प्राण नष्ट होला भन्ने पीरमा परिवारले गएको पाँच महिनादेखि वाङ्गको शवलाई मृतक घरमा राखेको छ । दाँत झिक्दा वाङ्गको मृत्यु कसरी भयो भनेर छानबिन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1