चर्चित रियालिटी शो ‘इन्डियन आइडल सिजन–१४’ को उत्कृष्ट १० मा पुगेकी हल्दिवारीकी चेली मेनुका पौडेललाई हल्दिबारी गाउँपालिकामा स्वागत तथा सम्मान गरिएको छ ।

हल्दिबारी गाउँपालिकामा उनलाई नगद सहित सम्मान पत्र गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले प्रदान गर्नु भएको थियो ।उक्त सम्मान कार्यक्रममा, हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी लगायत स्थानीय वासिको उपस्थित रहेको थियो ।

भारतको मुम्बईबाट बागडोग्रा एयरपोर्ट हुँदै नेपाल आउँदै गर्दा उनलाई दिउँसो पूर्वी सीमावर्ती नाका मेची पुल पुगेर उनका समर्थक एवं संगीतप्रेमीहरुले समेत अबिर, खादा र माला पहिराएर उत्सव मनाएका थिए ।

“धेरैपछि आज नेपाल आएको छु” स्वागतार्थ प्रतीक्षामा बसेका समर्थकहरूप्रति खुसी व्यक्त गर्दै उनले भनिन्,“सबैलाई नमस्कार, आइडलको स्टेज मेरो लागि एकदमै उत्कृष्ट रह्यो, सुरुदेखि अहिलेसम्मका गीतहरू मेरा लागि ठुलो अनुभूति भयो ।”

गायिका पौडेलको स्वागतका लागि प्रदेश सभा सदस्य माननिय छवि चुडाल, हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दिबारी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सन्त कुमार थापा, कार्यपालिका सदस्य भावना दाहाल लगायत उपस्थित थिए । काँकडभिट्टाबाट सुरु भएको अभिनन्दन र्‍यालीले धुलाबारी, चारआली हुँदै बिर्तामोड नगरको परिक्रमा पछी हल्दिबारी गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रम पश्चात टुङ्गिएके थियो ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
3
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार