भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजको पाचौं स्थापना दिवस तथा बार्षिक उत्सवको अवसर पारेर निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत समाजले मेची आखा अस्पताल विर्तामोड तथा ओम साई पाथिभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा निशुल्क आँखा जाँच तथा स्वास्थ्य जाँच शिविर सम्पन्न गरिएको हो ।

समाजका कार्यवाहक अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षतामा तथा प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, ९ का वडाध्यक्ष रामप्रसाद दाहाल र १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीले शुभकामना मन्तव्य राखेका थिए ।

सयौं स्थानीयले लाभ लिएको शिविरमा विभिन्न रोग पहिचान भएका विरामीलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार