झापा नाटक घरमा गत माघ १० गतेबाट मञ्चन सुरु भएको नाटक रिफण्डलाई २२ गते सम्ममा १३ हजार बढि दर्शकले हेरि सकेको नाट्य प्रतिष्ठान झापाका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घरका अभियन्ता तथा परिकल्पनाकार रंगकर्मी माधब कल्पितले जानकारी दिएका छन्न ।

निर्माणाधीन झापा नाटक घरको पुर्णताका लागि पहिलोपटक झापा नाटक घरमा मञ्चन गरिएको नाटक कक्षा -११ काे अनिवार्य अंग्रेजी पाठ्यक्रममा रहेको नाटक घरका मेनेजिङ्ग डाइरेक्टर राजकुमार भट्टराईले जानकारी दिनु भएको छ ।
माघ २२ गते सम्मका लागि भनेर मञ्चन सुरु गरिएको नाटक रिफण्डका लागि अझै साे हरु बुकिङ हुन थालेपछि अहिले तीन दिनका लागि नाटक लम्मीन पुगेको नाटक मञ्चन ब्यबस्थापन समितिका संयाेजक ताराप्रकाश भट्टराई बताउँछन् ।

बिद्यार्थीकाे पाठ्यक्रममा अाधारीत भएको ले अहिले बिर्तामोड , अर्नुनधारा , कनकाइ ,डाँगीवारि र शिवसताक्षी सम्मका बिद्यालयले अाफ्ना बिद्यार्थी सहित झापा नाटक घरमा उपस्थित भए र बिहान ८ बजे , ९:३० बजे, ११:३० बजे र २:३० बजे गरि दिनको चार साे सम्म नाटक मञ्चन भइरहेको क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसी प्रसाद भट्टराईले जानकारी दिए ।
हंगेरीका प्रसिद्ध लेखक फ्रिज क्यारेन्थि द्बारा लिखित नाटक रिफण्डलाइ अनिस लुइँटेलले नेपाली अनुबाद गरेका छन् भने नाम्लो नाट्य समूह माेरङ्गका संयाेजक सुदिप जंग कार्कीले निर्देशन गरेका छन्न । नाटकमा बिबेक मिश्र, सुरज माझी प्रज्वल भट्टराई , बाेन्बाे सन्ताेष दीक्षा चाैधरी ,सञ्जय मुडियारी, प्रदिप दहाल, काे जिवन्त अभिनय रहेको छ भने लाइट,म्युजिक सुशील कार्की काे रहेको छ ।

ब्यवहारिक र सीप मुलक शिक्षा अाजकाे अाबश्यकता भन्ने बिषय बस्तुमा केन्द्रीकृत नाटक ले हजारौं दर्शकको मन्जित्न सफल भएको कुरा कल्पित बताउँछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार