काठमाडौं । नेपाल वायुसेवा निगमलाई घाँडो बनेको चिनियाँ जहाज पटक पटक प्रयास गर्दा पनि लिलामी हुन सकेको छैन । निगमले ३ अर्ब रुपैयाँभन्दा रकमभन्दा बढीको ऋणमा खरिद गरेको उक्त जहाज बिक्री गर्न पाँचौं पटक पुनः लिलामी सूचना जारी गरेको छ ।

वायुसेवा निगमका अनुसार निगमले गरेको आन्तरिक मूल्यांकको प्रतिवदेनले न्यून रकम आएको भन्दै त्यसलाई सार्वजनिक नगरी सोही मूल्यमा आधारित भएर लिलामी गर्न खोजिएको हो । पटक पटक लिलामी प्रयास गर्दा पनि जहाज बिक्री नभएको निगमले जानकारी दिएको छ ।

वायुसेवा निगमले दुर्ई वटा एमए ६० र ३ वटा वाई १२ नामक जहाजको लागि लिलामी सूचना जारी गरेको छ । यस अघि मागेको सूचनाको अन्तिम मिति आइतबार सकिएको र उक्त समयका एउटा पनि आवदेन नपरेका कारण पुनः लिलामीको सूचना जारी गरिएको निगमले जानकारी दिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार