हल्दिबारी गाउँपालिका वडा नम्बर २ का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको २०८० भदौ २५ को फैसला अनुसार हल्दीवारी – २ का २२ बर्षिय काले भनिने महेश राजबंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले आज मंगलबार पक्राउ गरेको जनाएको छ ।
अदालतको फैसला अनुसार चोरी मुद्दामा ३ महिना कैद सजाय र ७ हजार जरिवाना साथै पीडित कोषमा २८० रुपैयाँ जम्मा गर्नु पर्ने छ ।
फरार राजबंशीलाई पक्राउ गरि फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
4
+1
29
+1
5
+1
2
+1
3
+1
1