बिर्तामोड माघ । शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा  ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरे ।
कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको सहयोग अंक सबैभन्दा बढी हो ।

ढुंगानाले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने  पत्रकारहरुलाई घाइते र विरामी हुँदा कोषको ब्याजबाट उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गरे ।

झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै ढुंगानाले प्रशंसा गरेका छन् । झापा बिर्तामोड ५ का स्थायी वासिन्दा ढुंगाना कनकाई एजुकेशन फाउण्डेशन र श्रीजय ड्रिमल्याण्ड पार्कका संस्थापक हुन् ।
ढुंगानाले शैक्षिक, सामाजिक, मानवीय र धार्मिक क्षेत्रमा विगत देखि नै योगदान गर्दै आएका छन् ।

महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा ढुंगाना दम्पत्तिलाई खादा पहिर्याएर धन्यवाद ज्ञापन गरे ।कार्यक्रमको सहजीकरण महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषको रकम लक्ष्य अनुसार दाताहरुकै सहयोगबाट एक करोड रुपैयाँ पुग्न लागेको छ  । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा एक करोड रुपैयाँ पुग्न लागेकाले आवश्यक रकम जम्मा भएपछि महासंघले सो को घोषणा तथा दाताहरुलाई सम्मान गर्ने जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार