माघ,हेटौंडा/ नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा विस्तार अन्तर्गत मंगलबार एक भेलाका बीच हेटौंडा नगर समिति गठन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा – १० स्थित लिडोइन हाेटलकाे सभाकक्षमा आयाेजित उक्त भेलाले पूर्णप्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय हेटाैंडा नगर समिति गठन भएको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालकै सर्वाधिक रक्तदाता,”रक्तदाता सम्राट”,”राष्ट्रिय रक्त नायक”,”रगत महानायक” लगायत अन्य बिभिन्न बिभूषणबाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले ब्यानर बाचन गरि भेलाकाे उद्घाटन गर्नुभएको थियोे ।

नेपाल स्वयंसेवी रक्तदाता समाज मकवानपुर जिल्ला शाखा अध्यक्ष सुरेन्द्रमान प्रधानको सभापतित्वमा भएको भेलाले उपाध्यक्ष सानुकाजी पाण्डे, सचिव राजेश वाग्ले, कोषाध्यक्ष सानुकाजी बास्ताकोटी चयन हुनु भएको छ । समितिको सदस्यहरुमा क्रमश: बिज्ञान रिमाल, राजकुमार अर्याल, दिपकराज मिश्र, दिनेश फुयाल र जागृत सुवेदी निर्विरोध चयन हुनु भएको छ ।नव गठित पदाधिकारीहरुलाई मकवानपुर शाखा अध्यक्ष प्रधानले शपथ ग्रहण गराउंनु भएको थियोे ।


कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले नवगठित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई प्रमाण-पत्र  प्रदान गर्नुभएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज हेटाैंडा नगर समितिकाे तर्फबाट अध्यक्ष पूर्णप्रसाद अर्यालद्वारा प्रमुख र सभापति द्वय:लाई मायाकाे चिनाे स्वरूप ठेकी उपहार दिनुभएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार