ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वाडा न.९ टीकाभैरवमा संचालित हिमालयन बैंक लिमिटेडकोे सहायक कम्पनी हिमालयन लघुबित्त बित्तीय संस्था लिमिटेडले बिमा दाबी रकम भुक्तानी गरेको छ ।
गोदावरी नगरपालिका टीकाभैरवमा रहेको हिमालयन लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालयले कोन्ज्योसोम गाउपालिका वडा न २ सन्खु घर भएकी मानमाया लामालाई शाखा कार्यालय अन्तर्गत केन्द्र न.०९६ को समूह न.१ बाट   १ लाख ५५ हजार रुपैयाँ बिमा रकम उपलब्ध गराएको छ । हिमालयन लघुबित्त संस्थाको सदस्यमा आवद्ध मानमाया लामाको श्रीमान काल  सिं. लामाको निधन भएपछि निज सदस्य मानमाया लामालाई कार्यलयले बिमा बापतको रकम उपलब्ध गराएको हो ।
सस्थाले लघु बिमा अन्तर्गत संस्थाले नियमानुसार कर्जाको तिर्न बाकी सावा ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्य मानमाया लामाको पतिको निधन पश्चात् दिईने क्रिया खर्च बापतको २५ हजार रुपैयाँ  र कर्जा रकम बापतको १ लाख ३० हजार रुपैयाँ  गरी  संस्थाले जम्मा १ लाख ५५ हजार रुपैयाँ बिमाबाट प्राप्त भएको,जसमध्ये तिर्न बाकी रहेको कर्जा रकम  ५७ हजार ६ सय बहत्तर रुपैयाँ ७३ पैसा सस्थाले कट्टा गरि  बाकी रहेको रकम ९७ हजार ३ सय २७ रुपैयाँ सत्ताईस पैसा लुम्बिनी बिकाश बैंक लिमिटेडको चेक मार्फत शाखाको  केन्द्र न.९६ का सदस्यहरुको रोहवरमा शाखा प्रबन्धक उज्वल श्रेष्ठले सदस्य मानमाया लामालाई चेक हस्तान्तरण गरेका हुन् ।
त्यस्तै सस्थाले म्यादी जीवन बिमा कार्यक्रम संचालन गर्दा निकै खुशी भएको भन्दै आफू समस्यामा परेको बेला श्रीमान गुमाउनुको पिडा त छदै छ,यस्तो समस्याको अबस्थामा कर्जा मिनाहा गरि क्रिया खर्च र बिमा बापतको रकम उपलब्ध गराई आफ्नो पिडामा मलम पट्टि सस्थाले लगाएको सदस्य मानमाया लामाले बताईन । बिमााङ्क रकम हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक  उज्वल श्रेष्ठ लगायत शाखाका सम्पुर्ण फिल्ड कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार