झापा । झापाकोको शनिस्चरे नगरपालिका ८ शनिस्चरे उच्च माबी अर्जुनधारामा लागुपदार्थ तथा मदिरा नियन्त्रण सम्बन्धी विधार्थीहरुमाझ जनचेतनामुलक प्रशिक्षण कार्यक्रम माघ २५ गते सम्पन्न भएको छ ।

स्थानीय अनिश गिरीको सक्रियतामा लागूपदार्थ दुर्व्यसनीको लतमा कलिलो उमेरका बालबालिकाहरु फस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै लागूपदार्थ दुर्व्यसनी समन्धी बिधालयमा नै जनचेतनामूलक कार्यक्रम गरिएको गिरीले बताए । झापामा लागू औषध ओसारपसार तथा प्रयोगकर्ता उच्च जोखिम क्षेत्रका रूपमा रहेको र अर्कातिर भारतसँग खुला सीमा नाका नजिकै रहेकाले बालबालिकालाई चेतना दिने उधेश्यले कार्यक्रम आयोजना गरिएको लागूपदार्थ दुर्व्यसनी समन्धी क्रियासिल मनिष गुरुंगले बताए ।

लागूपदार्थ दुर्व्यसनीलाई हटाउन तथा दुर्व्यसनी पुग्न नै नदिने किसिमले कार्यक्रमहरू सञ्चालन गरी व्यक्ति तथा समुदायलाई आफ्नो बारेमा सोच्न र सजग हुन सहयोग पु¥याउनुपर्ने समाजका सरोकारवालाको दायित्व रहेको हुदा जनचेतनामूलक कार्यक्रम हाम्रो स्कुलमा आयोजना गरिएकोमा शिक्षिका तारा बिस्वकर्माले धन्यबाद भन्दै यस्ता कार्यक्रम निरन्तर गरिरहन सुल्झाएकी थिन ।

अनिस गिरि र मनिष गुरुङले सजिकरंण गरिएको कार्यक्रममा लागु औषध दुर्व्यसन, यसको असर, यसबाट बच्ने उपायका बारेमा २ सय भन्दा धेरै बिधार्थी तथा शिक्षकहरुलाई जानकारीमूलक सहजीकरण गर्दै लागु औषध नियन्त्रण तथा जीवन उपयोगी नैतिक एवं सामाजिक शिक्षा सम्बन्धी जानकारी गराएका थिए । लागूपदार्थको सेवनले सेवनकर्ताको शारीरिक र मानसिक स्थितिमा प्रभाव पारेर लट्ठिने, उत्तेजित हुने, बरबराउने, उन्मुक्त हुने, शिथिल हुनेजस्ता लक्षण देखिने यस्ता लागूपदार्थ सेवनकर्ताले सेवन गर्न नपाए छटपटिने, रुने कराउने गर्दछन् । लागूपदार्थको सेवन गलत लत मात्र नभएर मृत्यु पनि हो । कार्यक्रममा जानकारी गराइएको थियो ।

सुरज चौधरी , प्रबिण राजवंशी , समिर धमला लगायत पुर्ब लागु औषध प्रयोगकर्ता हरुको समुहले अन्य विद्यालयमै पुगेर लागु औषध नियन्त्रणका बिषयमा विद्यार्थीहरुसंग अन्तरक्रियात्मक छलफल गर्ने जनाएका छन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार