भद्रपुर । झापाको भद्रपुरस्थित क्याम्पसमोडमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । भद्रपुर–८ क्याम्पसमोड निवासी चिन्तामणि दाहालको घरमा चोरी भएको हो । पत्रकार समेत रहेका दाहालकाे घरमा कोही नभएको अवस्थामा चाेरी भएको हाे ।

चाेरले ढोकाको ताल्चा खोलेर विभिन्न सुनका गरगहना करिब ११ तोला र नगद ५० हजार रुपैयाँ गरी लगभग १३ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल लगेकाे प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार