कनकाइ नगरपालिका वडा नम्बर सात स्तरीय सरस्वती वडा बाल संजालको आयोजनामा र कनकाइ नगरपालिका , कनकाइ नगरपालिका वडा नम्बर सातको आर्थिक सहयोगमा कनकाइ नगर स्तरीय अन्तर मा वि तहको बक्तित्वकला प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम सब्य र भब्यताका साथ सम्पन्न भएको छ ।

कनकाइ वडा नम्बर सात स्थित श्री भृकुटी माध्यमिक बिधालयको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा जम्मा ७ वटा मा वि बिधालयका बिद्यार्थीहरुले भाग लिएका थिए ।

बक्तितवकला प्रतियोगितामा अर्जुन चापागाईं सिंह देवि मा वि बिधालयबाट प्रथम भएका छन । त्यस्तै गरि दोस्रो स्थान फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालय बाट जिज्ञासा दाहाल भएकोमा तेस्रो स्थानमा कृतिसा रेग्मी प्यारागन एकाडेमि बाट हुन सफल भएकी छिन ।

कार्यक्रममा सभाध्यक्षको रुपमा सरस्वती वडा बाल संजालका अध्यक्ष सुप्रीम पौडेल रहेका थिए त्यस्तै गरि प्रमुख अतिथिको रुपमा कनकाइ नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोख्रेल रहनु भएको थियो । वडा नम्बर सातका वडाध्यक्ष भीषम भुसन सिटौलाको बिशिस्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा । बिधालय ब्यबस्थापन समिती अध्यक्ष , त्यस्तै गरि प्रधानाध्यापकज्युहरुको विशेष आतिथ्यतारहेको थियो । निर्णय को भुमिकामा बाल कल्याण अधिकारी उमानाथ दकाल र कनकाइ नगर शिक्षा शाखा बाट रोहित पौडेल रहनुभएको थियो ।

त्यसतै गरि वडासदस्यज्युहरु , दुर्गापुर प्रहरी बिटका प्रतिनिधि , शिक्षक प्रतिनिधि , अन्य वडाका बाल संजाल प्रतिनिधिहरुको आतिथ्यता रहेको उक्त कार्यक्रमको संचालन बाल संजाल सचीव रिजन तिम्सिनाले गर्नुभएको थियो त्यस्तै स्वागत मन्तव्य उपाध्यक्ष अम्बिका गोस्वामिले राख्नु भएको थियो । कार्यक्रममा २०० भन्दा बढीको उपस्तिथि रहन गएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार