स्मृतिहरुको क्षण भंगूर ,
तब छोयो मेरो अन्तर्मन।
भावना उन्मुक्त प्यार लिई ,
जब हुन्छ मेरो प्रेम मिलन !

परिणयको यो पावन पलमा ,
अन्जान हृदय म मीत बने।
प्रेममा उनलाई वचन दिए,
वचन जो जीवनको रीत बने।।

सान्ध्य बेलाको शहनाई धुन,
जब गरी दियौ हृदय झन्कृत।
आज त्यही मधुरम तान लिई ,
संग सँगै रहे मेरो प्रेम मिलन !

धेरै देखायो समयले पनि ,
लड़दै -झगड़दै सुखमय पलमा ।
फेरी पनि प्रेम समर्पणको नै ,
भाव छचल्किदै रहे गहनमा ।।

कयै बाहरहरु बितेर गए ,
फेरी आयो बहारको मनसून ।
फेरी उहि समर्पण भाव लिई ,
तिम्रो छेउ रहे प्रेम मिलन !

रिश्ता – नाता ,सखा-सहोदर,
सबै पाए यो जीवनमा ।
पल -पल जसको साथ रहयो ,
हरेक बाधा हरेक विपदमा ।।

बनेर साथी आयौ तिमी ,
साथ न छुटोस जीवन पर्यन्त।
जन्म-जन्म तिमी साथ निभाउ ,
जो साथ खडा हौ मित्र मिलन !

ईश्वर संग पनि यही कामना,
एक आपसमा गरौ अवलम्बन।
सुख-दु:खमा साथ रहौ हामी ,
जन्म -जन्मको हो यो बन्धन।।
– देवेन्द्र किशोर ढुङगाना
सलूगाड़ा सिलीगुरी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार